मेरो बारेमा

म बिपिन हुँ ।
मेरो जन्म 2048 साल जेष्ठ 29 गते पिता तान बहादुर थापा र माता पबित्रा थापा को कोख बाट प्युठान जिल्ला राप्ति अञ्चल दाङ बाङ गा. बि. स. वार्ड न चार अमिली गाउँ मा भएको हो। मेरो प्ररम्भिक शिक्षा गाउको एक सामान्य बिधालय (श्री पालु शिद्ध प्राथमिक बिद्यालय) मा भएको हो।
पछी माद्यामिक शिक्षा अर्को बिधालय (श्री दाङ बाङ मा. बि. )बाट आठ पास मै पुरा भएको हो । मैले अरु अध्ययन गर्ने चाहना हुँदा हुँदै पनि सामान्य कारण बस निरन्तर्ता दिन सकिएन! म साधारण मान्छे हुँ

तर म मा पनि केही गर्ने युबा जोश जागर थियो तर देश को स्थिती र मेरो आफ्नो ब्यक्तिगत कारण हरु ले गर्दा मैले धेरै पढ्न पाईन ।
सामान्य अध्ययन पस्चात सानो उमेर म बिदेश
पलायन हुनुपर्यो। यस्को दोश म आँफै लाई नै दिन्छु किन कि म साथ साथै पढने साथी हरु अहिले पनि आफ्नो संघर्स को साथ् आफ्नो पढाई लाई निरन्तरता दिईरहेका छन। तर म भने सानो तिनो समस्या लाई समाधान गर्न नसकी बिदेश तिर लागे। तर पनि म मा आत्मग्लनी छैन म बिदेशियको मा। म मा नयाँ जोश र दयित्व थपिएको छ। म मा जिम्बेबारी बहन गर्ने क्षमता को बिकास भयको छ। कहिले कही म बिदेश बाट म मेरो देश को कल्पना गर्छु। अनी मन भित्र मेरो धेरै कुरा हरु खेल्न थाल्छन यहाँ को जीवनशैली र मेरो देश को बारेमा म,यहा को बिकास को बारेमा मेरो देश को बिकास को बारेमा कहिले होला मेरो देश यस्तो तर मलाई लाग्छ

मेरो यो कल्पना खाली कल्पना मा मात्रै सिमित हुन्छ होला किन कि म सुन्छु मेरो देश मा अहिले कुनै बिकास निर्माण को कार्य को थालनी छैन रे । चुनाव हुन्छ अनी हार्ने ले आन्दोलन र बन्द कोआयोजना गर्छन्,दिन दिनै प्रतिनिधि सभाको बैठक हुन्छ रे तर बिना निस्कर्श मा बैठक को अन्त हुन्छ रे कहिले को नेता ले मैले भनेको जस्तो भयन भने म खै के गर्छु भन्छन रे, अनी कसरी देश को बिकास हुन्छ जहाँ समय को कुनै भ्यालु नै छैन। यि सबै मेरो कल्पना मात्रै हो देश को बारेमा। तर के देश को बारेमा सोच्ने खै, म भन्दा लाखौं गुणा दिमाग भयको नेता, बिद्दान,हरुले भरिपूर्ण छ मेरो देश उनिहरु को बिचार को सही सदुपयोग हुन सकेको छैन ।

No comments:

Post a Comment