थाहा छ मलाई धेरै माया दिन्छौ तिमीले

थाहा छ मलाई धेरै माया दिन्छौ तिमीले
मेरो लागि संसारकै खुसि किन्छौ तिमीले

रातको निन्द्रा दिनको भोग सबै त्यागेर
बुझे मैले तिम्रो खुसि पनी छिन्छौ तिमीले



भन्नु के बाकि छर सबै तिमीलाई थाहा छ
तैपनि किन?मेरा सारा दु:ख लिन्छौ तिमीले

यति माया गर्छौ तिम्ले आफुलाई नै भुल्छु
लाखौको भिडमा पनी मलाई चिन्छौ तिमीले

विवस छु चाहे पनी स्विकार्न सकिन मैले
टाढा रहेनी मेरै हुन् भन्दै हिन्छौ तिमीले
एस.पि

No comments:

Post a Comment